डा. आरजु राणा भन्छिन्- ‘देउवाजीको पूरै प्यानललाई भोट गर्दिनू’

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा देउवा पक्षीय प्यानललाई मत मागेकी छन् । आफू पनि केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी आरजुले देउवा पक्षीय प्यानललाई मत मागेकी हुन् ।

उनले देउवा सभापति भए देशको र पार्टीको भविष्य सुरक्षित हुने भन्दै दूरदर्शी अनुभवी नेता छान्न महाधिवेशन प्रतिनिधिसँग अपिल गरिन् । महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘जय नेपाल साथीहरू ! चौधौँ महाधिवेशनमा स्वागत छ । म तपाईँहरू समक्ष देउवाजीलाई पार्टी सभापति र उहाँको प्यानललाई पदाधिकारी र केन्द्रीय सदस्यमा भोट गर्न अनुरोध गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य