नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन्।
आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा.शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।
कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी परेको थियो। अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतिकृया दिनुहॊस