पुबुदु फेरी बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकामा पूर्व प्रशिक्षक पुबुदु दसानायकेलाई नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि क्यानले पुबुदु र मोन्टी देसाईलाई उनीहरूले प्राप्त गर्ने पारिश्रमिक, सेवासुबिधा, कर्तत्व र लक्ष्यसहितको प्रस्ताव पठाएको थियो । भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय प्रशिक्षकविहिन रहेको छ ।

क्यानले १ कार्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ३० जनाले आवेदन दिएका थिए । क्यानले ३० बाट १५ हुँदै अन्तिममा ५ प्रशिक्षक छनोट गरेको थियो ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसीसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।

श्रीलंकाका पूर्व खेलाडी समेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री