काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सभापतिमा शेरबहादुर देउवाको विकल्प खोजिरहेको बताएका छन् । नक्सालमा आयोजित कार्यक्रममा रिजालले महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् ।
महामन्त्री पदका उम्मेदवार रिजालले अहिलेकै नेतृत्व लिएर पार्टी चुनावमा जादा बहुमत नआउने हो कि भन्ने चिन्ता रहेको बताए । ‘अहिलेको नेतृत्व अनुहार लिएर चुनावमा जाँदा जनताले पत्याउँदैनन् कि भन्ने छ,’ उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’
रिजालले महामन्त्री पदका उम्मेदवार दिने तयारी गरेका छन् । ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन,’ उनले भने ।
उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा छन्। यो समूहले सर्वसम्मत सभापति उम्मेदवार खोज्न सकेको छैन । सभापति कसलाई बनाउने भन्ने अझै छलफल जारी रहेको रिजालको भनाई छ ।




