अब बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइने

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए। माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ।

त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ। स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य