नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्स लिमिटेडबीच सम्झौता

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिकराम चापागाईंको उपस्थिति थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण …

प्रतिकृया दिनुहॊस