कांग्रेस केन्द्रीय समितिको आज अन्तिम बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दैछ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ । बैठकमा भोलि (शुक्रबार) देखि सुरु हुने कांग्रेसको चौधौं महाधिवेशन तयारीको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

२४ मंसिरदेखि काठमाडौँमा सुरु हुने कांग्रेस महाधिवेशन २७ गतेसम्म चल्ने छ । महाधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस