आङ साङ सुकीको जेल सजाय आधा घटाइयो

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक-फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् । त्यसयता पहिलो पटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो । यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो ।

यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस