सभापतिको उम्मेदवार छान्न केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल पक्ष

काठमाडौँ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार छान्न केन्द्रीय सदस्यसँग छलफल गर्दैछ । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न पौडेलले आज फेरि बैठक राखेका हुन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो ।

सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन बैठक राखिएको हो । बैठक नेता सिंह निवास ठमेलस्थित चाक्सीबारीमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य