काेराेना अपडेटः २६५ जना सङ्क्रमित थपिए, ३५७ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ८ हजार ६१७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ८३० पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ६१९ जना रहेको छ।

आज ३५७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ४ हजार ९०१ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। अहिले मृत्युदर १.४ प्रतिशत छ।

त्यसैगरी पछिल्लो समय १ लाख ६ हजार ६१० जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३८६ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस