नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काभ्रे जिल्ला, पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिवारका दिन बाल आदर्श मा. वि. खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।

पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडाध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए।

बिशिष्ट अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनयकेशरी पौड्याल, नेपाल बैंक मार्केटिङ् तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल, बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिव ३०० भन्दा बढी स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका मेयर भीम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम संचालन गरेकोमा नेपाल बैंकलाई हार्दिक धन्यबाद ज्ञापन गरे ।

साथै त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयां कार्यक्रमहरु संचालन गर्दै जाने विश्वास पनि उहांले ब्यक्त गरेका थिए । त्यसैगरी नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै त्यसक्षेत्रका स्थानियले नेपाल बैंकप्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस