सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले जनकपुरकाे होटल सिटिपार्ककाे सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र हाेटलबीच शुक्रबार बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।
मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।




