नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ। यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्द्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
यस अवसरमा बैंकले जानकी मन्दिरमा QR कोड र POS मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछन्। डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ।
जानकी मन्दिरमा आयोजना भएको समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, QR code, POS उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णवलाई हस्तान्तरण गरे ।
उक्त समारोहमा बैंकका प्रदेश २, प्रमुख लेखनाथ पोखरेल, जनकपुर शाखा प्रबन्धक दीपेन्द्र ठाकुर तथा बैंकका अन्य पदाअधिकारीहरुका साथै जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्ता श्री श्री १०८ श्रीराम तपेश्वर दास वैष्णव, पुजारी श्री ऋषिकेश झा र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा सयौं तीर्थयात्रीहरुको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहॊस