कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै

exam 12/कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

कक्षा १२ को परीक्षा गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमति भएको छ । गएको वैशाखमै सञ्चालन गर्नुपर्ने कक्षा १२ को परीक्षा कोरोना सङ्क्रमणको कारण असोजमा सञ्चालन गरिएको थियो । परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नभएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ । हिजोदेखि छुटेका विद्यार्थीहरूका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री