एजेन्सी । दक्षिण अफ्रिकामा पहिलो पटक फेलापरेको कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको चेतावनी दियो ।
यी हुन् ओमिक्रोन फेलापरेका देशहरू
एसियाली देशहरू : हङकङ, जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबिया ।
अफ्रिकी देशहरू : दक्षिण अफ्रिका र बोत्स्वाना ।
युरोपेली देशहरू : अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन र बेलायत ।
उत्तर अमेरिकी देश : क्यानडा ।
दक्षिण अमेरिकी देश : ब्राजिल ।
अष्ट्रेलियाली देश : अष्ट्रेलिया ।
हिन्द महासागरमा रहेको फ्रान्सको रियुनियनमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पाइएको छ ।
तपाईंको प्रतिकृया




