अबदेखि हिमालयन बैंकको बैंकिङ्ग सेवा साँझमा पनि

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा फेरी शुरु गर्ने भएको छ । कोभिड-१९ पछि रोकिएको साे काउन्टर बैंकले २०७८ मंसिर १५ गतेदेखि फेरी सञ्चालनमा ल्याउन लागेको जानकारी दिएकाे छ ।  बैंकले दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको हाे । बैंकले काठमाडौंको विभिन्न ६ स्थानबाट उक्त सेवा प्रवाह गर्ने वताएकाे छ ।

यी शाखाहरुमा ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज र टेकु छन् । जसमध्ये ठमेल, न्यूरोड र पाटन शाखा दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ७ बजेसम्म खुला हुने छन् भने चावहिल, महाराजगञ्ज र टेक शाखा दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ६ बजेसम्म खुला रहने बैंकले वताएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य