कांग्रेसद्वारा महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ।

कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेद्वारले मनोनयन फिर्ता लिनु पर्ने कार्यतालिकामा उल्लेख छ। मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सांसदको सपथ लिँदै सुहाङ नेम्बाङ

काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा …

प्रतिकृया दिनुहॊस