तरुणदलका पूर्वउपाध्यक्ष कमलबहादुर शाहद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

नेपाल तरुणदलका पूर्वउपाध्यक्ष युवा नेता कमलबहादुर शाहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन्। गृहजिल्लाको आफ्नै निर्वाचन क्षेत्र कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गदै नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन्।

निति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त कांग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफूले १४ औं महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने शाहले बताएका छन्। आफू विद्यार्थी कालदेखि नेपाल विद्यार्थी संघ, नेपाल तरुणदलको बिभिन्न विभागमा रहेर काम गरिसकेको र ९ औं महाधिबेशनदेखि पार्टीको महाधिबेशन, महासमिति सदस्य भएर काम गरिरहेको बताउँदै नेपाली कांग्रेसलाई सशक्त कांग्रेस बनाउन १४ औं महाधिबेशनमा आफूले केन्द्रीय सदस्यको उम्मेद्वारी दिन लागेको बताउँदै सबैलाई सहयोग गर्न समेत शाहले आग्रह गरेका छन्।

देशलाई सहि दिशामा डोर्याउन आगामी निर्बाचनमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो र जनमुखी बनाउन नेतृत्वमा युवाको उपस्थिती आवश्यक रहेको शाहले बताए। केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखी, संगठित, ब्यवस्थित बनाउने अभियान अगाडि बढाउने बताउँदै नेता शाहले अहिलेको नेतृत्वमा युवाको सहभागिता आवश्यक रहेको औंल्याए।

नेपाली कांग्रेस एक हुन, एकताबद्ध हुन आवश्यक गरहेको औंल्याउँदै पार्टीलाई एकताबद्ध, सशक्त बनाउन आफूले आवाज उठाउने बताए। सत्तामा गएका र रहेका पार्टीहरुलाई बारम्बार भ्रष्टाचार र आर्थिक अनियमितताका समाचारहरु आउने गरेको बताउँदै देशलाई र पार्टीलाई भ्रष्टाचार मुक्त बनाउन आफूले सशक्त आवाज उठाउनेमा प्रतिबद्धता ब्यक्त गरे।

विद्यार्थी जीवनकालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाहले २०४४ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर देशमा बहुदलीय ब्यवस्थाको लागि संघर्ष शुरु गरेका थिए । केन्द्रीय सदस्यका उम्मेद्वार शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य र महाधिबेशन प्रतिनिधि भएर काम गरेका थिए। २०५४ साल देखि २०६८ सालसम्म नेपाल तरुणदलको केन्द्रीय खेलकुद बिभाग सदस्य, केन्द्रिय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको पदमा रहि बिभिन्न जिम्मेवारी निर्बाह गरेका थिए।

२०५३ सालदेखि हालसम्म पार्टीको ९ औं, १० औं, ११ औं, १२ औं र १३ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यको भूमिकामा रहि बिभिन्न जिम्मेवारी निर्बाह गरिरहेका छन्। संबिधान सभाको दोस्रो निर्बाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट सभासदको प्रत्यक्ष तर्फको उम्मेद्वारसमेत रहेका शाह २०४६ साल र २०६२/०६३ को जनआन्दोलनमा पटक पटक गरि ४ महिना जेलजीवन ( राजनीतिक बन्दी ) बिताएका थिए।

२०५२ सालदेखि २०६२ सालसम्म चलेको माओबादीको सशस्त्रद्वन्द्वकालमा समेत नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ र २ लाई क्रियाशिल र जिवन्त राख्न, संगठन बचाउन आफ्नाे ज्यानको समेत प्रबाह नगरी लागेका एक सशक्त युवा कमल बहादुर शाह जनतामाझ समेत जनप्रिय नेताका रुपमा चिनिन्छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

डिभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी …

प्रतिकृया दिनुहॊस