कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडाैँ । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माण सामग्री बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ गइरहेको बा ५ ख ४६४३ नम्बरको ट्रक सोमबार बिहान निलाखा ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा परी ट्रक चालक नरहरिनाथ गाउँपालिका -१ का जयबहादुर बिष्टको मृत्यु भएको छ। यस्तै ट्रकका मालिक नेत्रबहादुर बिष्ट घाइते भएकाले उपचारका लागि जिल्ला सदरमुकाम मान्म लगिएको पनि प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस