देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ। तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ।
महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ। अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
शुक्रबार
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार
दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार
दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको अधिकांश भू-भागहरुमा आँशिक बदली रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।




