ज्योति विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ। ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य