पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन पुगेका छन्। शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन पुगेका हुन्।
उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन्। बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन्।
शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ। त्यसका लागि ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ।
तपाईंको प्रतिकृया




