४५ लाखको चेक र तीन थान चितुवाको छालासहित चार जना पक्राउ

काठमाडाैँ । सुर्खेतकाे बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही रहेका प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारै जनालाई पक्राउ गरिएको श्रेष्ठले बताए । ‘उनीहरुलाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको अवस्थामा तीन थान चितुवाको छाला भेटियो,’ उनले भने ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक-एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक÷एक थान रेड÷रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिए ।

चक्र शाहीले बोकेको कालो रङ्को झोलामा ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए । शाहीकै साथबाट २७ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस