प्रभु बैंकको शाखा म्याग्दीको धवलागिरी र रघुगंगामा

काठमाडौं । प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका ७, ताकम र रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटमा गरी २ वटा शाखा कार्यालय सञ्चालनमाल्याएको छ ।

बैंकको धवलागिरी शाखाको उद्घाटन  धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरे भने रघुगंगा शाखाको उद्घाटन रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी दुवै गाउँपालिकाका अध्यक्षहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले गाउँपालिकामै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस