काठमाडौँ । भारतले न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न पहिलो टी-२० खेलमा भारत ५ विकेटले विजयी भएको हो ।
न्यूजिल्याण्डले दिएको १६५ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६२ र कप्तान रोहित शर्माले ३६ बलमा ४८ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७० र मार्क चापम्यानले ६३ रन बनएका थिए ।
यस सिरिजमा न्यूजिल्याण्डका नियमित कप्तान केन विलियम्सन, इश सोढ़ी, डोभेन कोनवेलगायतका खेलाडी खेलेका छैनन् । त्यस्तै भरतका पूर्व कप्तान विराट कोहली पनि यस सिरिजमा खेलेका छैनन् । यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।




