काठमाडाैँ । ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउने भएको छ ।
महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।
प्रतिकृया दिनुहॊस