सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु

काठमाडाैँ । दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य