नेपाल बन्दका दिन पनि ६९ अंकले बढ्याे नेप्से

मंगलबार सेयर बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ। आज भएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दले बजारमा कुनै पनि असर देखिएकाे छैन।

सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ७० अंकले बढेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि बढेको छ। सेन्सेटिभ इन्डेक्स १४.९२ अंकले बढेर ५२१.४६ अंकमा बन्द भएको छ।

आज बजारमा १ करोड ९३ हजार २२१ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८४६ रुपैयाँ ७५ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२७ कम्पनीको शेयर कारोबारमा आएकोमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज एउटा कम्पनीको शेयर मूल्य स्थिर छ।

त्यस्तै आज १३ वटै उपसमूहमा हरियाली छाएको छ। आज सबैभन्दा बढी कमाउने मा अन्य उपसमूह ५.९१ प्रतिशत, हाइड्रोपावर ५.९१ प्रतिशत, र फाइनान्स उपसमूह ३.२१ प्रतिशत रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस