मुस्ताङमा हिम पहिरो, भागदाैडमा दुई जनाको खुट्टा भाँच्चियाे

मुस्ताङको मानापाथी हिमालबाट हिम पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ।

करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए। कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए।

भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकाेठा छोडेर भागेका हुन्। पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ। विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको टोली घटनास्थल पुगिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप