खैरो हेरोइनसहित काठमाडौंबाट नौं जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट खैरो हेरोइनसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का ३२ वर्षीय गौतम केसी छन् ।

त्यसैगरी काठमाडौं बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका–१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्रलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले थापाबाट १ सय मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५ सय मिलिग्राम, तामाङबाट ४ ग्राम ५ सय मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौं रुपैया समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री