कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारले गरे पदभार ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गरेका छन्।

पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे। स्वागत कार्यक्रममा प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकारले कात्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी थिइन्।

नवनियुक्त तीनवटै प्रदेशका प्रमुखले कात्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री