पाँचदलीय गठबन्धन चुनावसम्म मात्र हाेइन परिआए त्यसपछि पनि रहन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।

माओवादी केन्द्र भोजपुरले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्ताे बताएका हुन्।

अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे। स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए। सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उनको भनाइ छ।

पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको र झापा विद्रोहलगायत ठूल्ठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उनको भनाइ थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस