कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिने

काठमाडाैँ ।कामना सेवा विकास बैंकले शेयरधनीलाई १९.४७लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

बैठकले २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कूल १९.४७ प्रतिशत लाभांश  दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप