प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

काठमाडौं  ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

आगामी कात्तिक ३० गते प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको बस्ने पाँचौँ बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताएका छन् ।

विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र अन्य काम शुरु गर्ने मुख्यमन्त्री राईको तयारी रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस