राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्झाैता

काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा सेवा प्रदान गर्ने छ ।

उक्त सम्झौतापत्रमा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारी र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका  छन् ।

उक्त बीमा सेवाले सेनालाई सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गरेर राहत पुर्याउने बीमा संस्थानले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस