काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरण मुद्धाको मात्रै पेशी तोकेका छन् । प्रधानन्यायाधीश राणाले आइतबार आफुसहित बन्दीप्रत्यक्षीकरणका ६ इजलास तोकेका हुन् ।
यसअघि प्रधानन्यायाधीश राणाले आफु बाहेकका बन्दीप्रत्यक्षीकरणका इजलास तोकेपनि सोमबार आफूसहितका इजलास तोकेका हुन् । असन्तुष्ट न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्धा मात्र हेर्ने भनेपछि उनले पछिल्ला केहिदिन देखि बन्दीप्रत्यक्षीकरणका मात्र इजलास तोकिरहेका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र हेरिरहेका छन् ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीशहरू उनको विरुद्धमा उत्रिएपछि अहिले केहि सातादेखि न्यायालय विवादमा रहेको छ । नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आफ्नो प्रदर्शन जारी राख्ने बताएको छ ।




