कञ्चनपुरमा झण्डै डेढ लाखको अवैध सामान बरामद

काठमाडाैँ । कञ्चनपुरमा झण्डै डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।

आइतबार जिल्लाको भीमदत्त नगरपालिका -४ कालोपुलबाट भन्सार छली ल्याइएका जुत्ता, चप्पल, लेडिज सुट, साडी, धोति, मखमल कपडा, सर्ट र पाईन्ट गरी १ लाख ३० हजार ४ सय ९० को अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ।

बरामद सामान आवश्यक कार्बाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री