राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार सुरु गरेको छ।

उक्त  शाखाको  उद्घाटन  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गरेका छन्।

उक्त अवसरमा सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए।

उनले अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने धारणा राखे।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आमनागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री