काठमाडाैँ ।एनएमबी बैंकले शेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।
मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।
तपाईंको प्रतिकृया



