काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको भुरिगाउँमा शाखा सञ्चालनमा ल्याएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा शाखा सञ्चालनमा ल्याएको हो।
भुरिगाउँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
प्रतिकृया दिनुहॊस