कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई

काठमाडौं  । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिले पाएका छन्।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वर्ल्ड लिडर्स सम्मेलनमा सहभागी हुन शुक्रबार बेलायत प्रस्थान गरेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिले पाएका हुन्।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम आफू स्वदेश नफर्कुन्जेल निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिए। बेलायतको ग्लास्गोमा कोप–२६ सम्मेलन हुँदैछ।
प्रधानमन्त्री देउवा १८ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस