सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसै गरी शुक्रबार चाँदीको मूल्य रु. ५ घटेर प्रतितोला १२४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप