एमबाप्पेले आउँदो खेल गुमाउने, मेसी पनि मैदान उत्रिनेमा शंका

काठमाडौं । फ्रान्सका स्टार फरवार्ड काइलियन एमबाप्पले शुक्रबार राति हुने साविक विजेता लिलेविरुद्धको खेल गुमाउने भएका छन् । एमबाप्पेको कान र घाँटीमा इन्फेक्सन भएको पीएसजीले जनाएको छ ।

घरेलु मैदानमा हुने खेलका लागि लियोनल मेसी पनि मैदान उत्रनेमा शंका छ । सामान्य चोट लागेको भनिएको मेसीले बिहीबार प्रशिक्षण गरेका थिएनन् । मेसीको मसलमा समस्या देखिएको थियो । फ्रेन्च लिग वानमा ११औं चरणको खेल सकिँदा पीएसजी २८ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा सात अंकले अगाडि हो । साविक विजेता लिले १५ अंक जोडेर दशौं स्थानमा छ ।

‘सावधानी अपनाएका कारण मेसीले ट्रेनिङ नगरेका हुन् । तथापि उनले व्यक्तिगत रुपमा अभ्यास गरेका थिए । उनी खेल्न सक्ने भएमा खेल्ने छन्’, पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले भने, ‘एमबाप्पे हाम्रो लागि सधैं महत्वपूर्ण खेलाडी हुन् । उनको अनुपस्थित भए पनि हामीसँग विकल्प छन् । मेसीले पनि त्यो ठाँउबाट खेल्न सक्छन् । पेप ग्वार्डिओलाले पनि भनेका छन् की मेसीले जुनसकै पोजिसनबाट खेल्न सक्छन् । तर, हामी अन्य विकल्प रोज्नेछौं । यसबारे केही निर्णय गरिसकेका छैनौं ।’

सिजनको सुरुमा बार्सिलोनाबाट पीएसजी आएपछि मेसीले ४–४–३ फर्मेसनमा दायाँबाट खेलेका छन् भने ४–२–३–१ को फर्मेसनमा स्ट्राइकरको पछाडिबाट खेलेका छन् । ६ पटकको बालोन डी‘अर विजेता मेसीले अझै पनि फ्रेन्च लिग वानमा गोल गर्न सकेका छैनन् । उनले सबै खाले प्रतियोगिता गरी सातमा तीन गोल गरिसकेका छन् । तर तीनै गोल मेसीले च्याम्पियन्स लिगमा गरेका हुन् ।

पीएसजीका मिडफिल्ड मार्को भेरोट्टी पनि निलम्बनका कारण लिलेविरुद्धको खेलमा उपलब्ध हुनेछैनन् । त्यस्तै रियाल मड्रिडबाट यसै सिजन पीएसजी आएका सर्जियो रामोस पनि पूर्ण फिट भइसकेका छैनन् । अर्का मिडफिल्डर लियोनार्डो पारेडेस पनि चोटका कारण उपलब्ध हुने छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइपीएल अक्सन : ऋषभ पन्त २७ करोडमा बिक्री

काठमाडौं । भारतीय विकेटकिपर ब्याटर रिशव पन्तले आइपिएल इतिहासकै सबै भन्दा महँगा खेलाडीको रेकर्ड रचेका …

प्रतिकृया दिनुहॊस