बैंक अफ काठमाण्डूद्वारा अस्पताल र स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), मास्क, सर्जिकल ग्लोभ्ज र सेनिटाइजर हस्तान्तरण गरेको छ।

प्रदेश नं -१ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं.- २ अन्तर्गत स्वास्थ्यचौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्यचौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्यचौकी, रौतहट, बागमती प्रदेशअन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत टीकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहबीच सम्बन्धित अस्पताल तथा स्वास्थ्यचौकीका प्रमुखलाई बैंकका प्रतिनिधिहरुले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीको वितरणले विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री