एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

 

नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन ।

बैंकको सञ्चालक समितिको मिति २०७८÷०७÷१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएकी छिन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेकी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश  लिएकी थिइन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after