ट्राफिक नियम उल्लंघन गर्ने २,१५२ जनामाथि कारबाही

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १५२ जना चालकहरूलाई हिजो काठमाडाैं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १४५ जना, फुटपाथमा पार्किङ गर्ने १४२ जना, जथाभावी यात्रु चढाउने ओराल्ने ९५ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ८५ जना, तीव्र गतीमा सवारी गुडाउने ७० जना, ढोका खुल्ला गरी सवारी चलाउने ६२ जना, रातो बत्तीको उल्लंघन गर्ने ५९ जना र अवस्था ठीक नभएका सवारी गुडाउँदै गरेका ६० जना चालकहरू रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप