एजेन्सी । नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नाइजेरियाले कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता दिने निर्णय गरेको हो ।
यसअघि गत फेब्रुअरीमा नाइजेरियाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने नियम ल्याएको थियो । अहिले नाइजेरियाले ल्याएको डिजिटल मुद्रा ईनाइराको भाउ नाइजेरियाको मुद्रासँग मिल्दो छ । डिजिटल मुद्राले आगामी दिनमा वैदेशिक व्यापारमा सहयोग पुग्ने नाइजेरियाको केन्द्रीय बैंकले बताएको छ । केन्द्रीय बैंकका अनुसार ईनाइराको भाउ सधैं यथावत रहने छ ।
तपाईंको प्रतिकृया




