मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्रै निशुल्क   सुविधायुक्त आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा  सुविधा भएको मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

साथै पहिलो वर्षको लागि निशूल्क ख्क्ष्क्ब् डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप