कोरोना अपडेट: ५५७ जनामा संक्रमण पुष्टि, ८७७ जना निकाे भए

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनको पीसीआर परीक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३४८ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ९७ हजार ५६ र एन्टीजेनबाट ९४ हजार १५ पुगेको छ।

नेपालमा हाल १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री