संयुक्त राष्ट्रसंघकाे स्थापना दिवस आज विश्वभर मनाइँदै

आइतबार संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात अक्टोबर २४। आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो।

संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ।

युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो। विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री